
सल्यान, २१ असार । गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेव गाउँपालिका–४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगी छन् ।
राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको बिजुलीको चारमा रा १ ख ८३४ नम्बरको बसले छुँदा करेन्ट लागेको थियो ।
करेन्ट लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटनामा बस धनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र ओली गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि दाङ पठाइएको छ ।













प्रतिक्रिया