३ कार्तिक २०८३, मंगलबार

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागेको छ ।

राष्ट्रियसभा बैठक अवरूद्व गर्दै एमालेले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै राजीनामा माग गरेको हो ।

दिउँसो साढे २ बजे बसेको राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले बोल्दै प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।

‘उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ र मार्गप्रशस्त गर्नुपर्छ । भारतको इशारामा, भारतको नेतृत्वमा र भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न दिँदैनौं,’ उनले भने ।