
काठमाडौं, २० असार । नेकपा (एमाले) ले संसदीय दलको बैठक डोकेको छ । आज दिउँसो साढे १ बजेका लागि बैठक डाकिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको विरोधका लागि संसदीय दलको बैठक डाकिएको बुझिएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक(पटक दिल्ली गएको भनी अभिव्यक्ति दिएपछि एमालेले आपत्ति जनाएको हो ।
सिंहदरबारमा बस्ने बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्ने थप कार्यक्रम तय गर्ने सम्भावना रहेको छ ।















प्रतिक्रिया