२९ आश्विन २०८३, बिहिबार

गायक रोबिन तामाङको निधन

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । चर्चित नेपाली रकगायक रोबिन तामाङको निधन भएको छ ।

आज बूढानीलकण्ठस्थित आफ्नै घरमा तामाङको शव भेटिएको हो ।

मृत्युको कारण खुलेका छैन । प्रहरीले घटनाकाे अनुसन्धान गरिरहेकाे छ । अहिले पोस्टमार्टमका लागि शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

उनले थुप्रै चर्चित गीत गाउनाका साथै दर्जनौं चलचित्रहरूमा अभिनय समेत गरेका छन् । उनका ‘चिसो–चिसो हावामा’, ‘जति माया लाए पनि’, ‘भुलमा भुलियो’लगायत गीतहरू चर्चित छन् ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत ब्यस्त थिए । उनले ‘छड्के, मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रेलगायत दर्जनौं चलचित्रमा पनि अभिनय गरेका छन् ।