२९ आश्विन २०८३, बिहिबार

हिमा गाउँपालिकाका माओवादी, कांग्रेस र नेकपा एसका नेताहरू एमालेमा प्रवेश

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, १९ असार । जुम्लाको हिमा गाउँपालिकास्तरका माओवादी नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले हिमा गाउँपालिका कमिटीको बैठकमार्फत माओवादी केन्द्र हिमा गाउँपालिका कमिटीका उपाध्यक्ष बिर्खबहादुर शाहीसहित करिब एक दर्जन नेताहरू एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरूमा हिमा गाउँपालिका–२ का सचिव भोटे शाही तथा पार्टी सदस्यहरू सुकिलो विक, जगदिश सुनार, परिमल विक, नवीन विक, वीर बहादुर विक र नरेन्द्र सुनार छन् ।

यस्तै, नेपाली कांग्रेस परित्याग गरी रजबहादुर शाही र नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी नभराज शाही एमालेमा प्रवेश गरेका छन् ।