२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: उपचार खर्च तिर्छु भनेर राष्ट्रपतिले ढाँटे !

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । केही समयअघि राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा भएको खर्च माग गर्दै परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

उपचार गरी भारतबाट फर्किएलगत्तै राष्ट्रपति पौडेलले आफ्नो उपचारमा लागेको खर्च आफैंले व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । तर, आज एकाएक उनको उपचारको खर्चबापतको रकम माग गर्दै परराष्ट्रले अर्थलाई पत्राचार गरेको समाचार बाहिरिएपछि पौडेलले उपचार खर्च आफैं तिर्छु भनेर जनतालाई ढाँटेको खुलासा भएको छ ।

राष्ट्रपति कार्यालयले गत वैशाख १९ गते एक प्रेस नोट जारी गर्दै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा भएको सम्पूर्ण खर्च राष्ट्रपति रामचन्द्र पौडेल आफैंले व्यहोर्ने इच्छा व्यक्त गरेको जनाएको थियो । त्यसबाट राष्ट्रपति पौडेलविरुद्ध हुँदै आलोचना मत्थर भएको थियो ।

हेरौँ मंगलबार दिनभरका मुख्यमुख्य समाचारका हेडलाइनहरू–