
काठमाडौं, १९ असार । सिटिजन्स बैंक इन्टरनेसनलले थप पाँच वटा शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले संखुवासभाको खाँदबारी, तनहुँको दमौली, बर्दियाको गुलरिया, सल्यानको श्रीनगरमा र बैतडीको पाटनमा एकसाथ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
थप पाँच वटा शाखासहित बैंकको शाखा संख्या १८८ वटा पुगेको छ ।
सुविधासम्पन्न यस शाखाहरूमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नाका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।















प्रतिक्रिया