
काठमाडौं, १८ असार । सत्तारुढ गठबन्धनले कोशी प्रदेशको अब बन्ने सरकारमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई पनि सहभागी गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले सो पार्टीलाई सरकारमा सामले गराएर उचित मन्त्रालय दिने सहमति गरेको हो ।
यस्तै बैठकले अब बन्ने सरकारको मुख्यमन्त्रीमा कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ । कोशी प्रदेशभित्र सवैभन्दा ठूलो संख्या कांग्रेसको रहेकाले बाँकी सीट संख्या पुर्याउने जिम्मा पनि कांग्रेसलाई नै दिइएको छ ।
बैठकले विभिन्न प्रदेशमा मन्त्रीमण्डलमा राख्नुपर्ने सदस्यहरुको पनि टुङ्गो लगाएको बताइएको छ ।
बैठकमा विभिन्न विश्वविद्यालयका पदहरुको व्यवस्थापन गर्ने बिषयमा पनि छलफल भएको थियो ।













प्रतिक्रिया