
काठमाडौं, १८ असार । बालुवाटारस्थित ललिता निवासको जग्गा हडपेको प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
सीआईबीले हिजो आइतबार मात्रै सोही प्रकरणका तीन जनालाई पक्राउ गरेको थियो ।
त्यसअघि सात जनालाई पक्राउ गरेकामा सर्वोच्च अदालतबाट पहिल्यै निषेधाज्ञाको आदेश लिएका तीन जना छुटेका थिए । यो प्रकरणमा हालसम्म ९ जना ब्यूरोको हिरासतमा छन् ।













प्रतिक्रिया