२९ आश्विन २०८३, बिहिबार

नयाँ–नयाँ शीप र प्रविधि नेपाल भित्र्याउन प्रवासी नेपालीलाई केपी ओलीको आग्रह

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवासमा रहेका नेपालीहरूको त्यहाँ सिके नयाँ–नयाँ शीप र प्रविधि नेपाल भित्र्याउनुपर्ने बताएका छन् ।

प्रवासी नेपाली संघ, भारतको केन्द्रीय समितिलाई आज पार्टी केन्द्रीय कार्यालय च्यासलबाट भर्चुअल रुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा रहेकाले शीप र प्रविधि भित्र्याएर योगदान गर्न प्रवासी नेपालीलाई आग्रह गरेका हुन् ।

नेपाली जनताको समग्र विकासका लागि एमालेबाहेक अरु पार्टी नभएको चर्चा गर्दै उनले जहाँ नेपाली त्यहाँ एमाले प्रकट हुने र गरिब–दु:खीका हितमा काम गर्ने स्पष्ट गरे ।

जीवन धान्न विदेसिएकाहरूलाई सुखी र खुशीसाथ रहन र नेपालप्रति अगाध माया दर्शाउन ओलीले आग्रह गरेका छन् ।