
काठमाडौं, १७ असार । नेपालको सबैभन्दा ठूलो जग्गा भ्रष्टाचार काण्डमा काठमाडौं महानगरपालिकाले पनि एक्सन चलाएको छ ।
सरकारले जग्गा बिक्रीवितरणमा संलग्नहरूलाई पक्राउ तथा कारबाहीको प्रक्रिया अगाडि बढाएसँगै सो जग्गाको संरक्षणमा काठमाडौं महानगरले एक्सन लिएको हो । जग्गा संरक्षणका लागि तारबार लगाउन ललितानिवास छिरेको महानगरपालिकाले त्यहाँ बनेका संरचना सात दिनभित्र हटाइसक्न निर्देशन दिएको छ ।
यसैबीच, सो जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा थप तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिकाका बहालवाला छैर्ठाैँ तहका अधिकृत शिवजी भट्टराईसहित नक्कली मोही बाबुराजा महर्जन र घमनकुमार कार्की छन् ।
हेरौँ आज दिनभरमा मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–













प्रतिक्रिया