२९ आश्विन २०८३, बिहिबार

सोविता गौतम भन्छिन्– बैंकहरूका कारण धेरै नेपालीले आत्महत्या गर्ने स्थिति आयो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । प्रतिनिधिसभा सदस्य सोविता गौतमले बैंक तथा वित्तीय संस्थाका कारण धेरै नेपालीले आत्महत्या गर्ने स्थिति सिर्जना भएको बताएकी छिन् ।

प्रतिनिधि सभामा सांसद् गौतमले बैंकले ऋण दिने क्रममा ८–९ प्रतिशत ब्याज लगाउने र विस्तारै च्याप्ने गरेको बताएकी हुन् ।

‘सुरूमा बैंकले ऋण दिने बेला ८–९ प्रतिशत ब्याज लगाएर दिन्छन् । तर, विस्तारै बैंकमा ब्याज १६ प्रतिशतसम्म पुर्‍याउँछ । यसको नियमन गर्न जरुरी छ,’ उनले भनिन्, ‘बैंकहरूका कारण धेरै नेपालीले आत्महत्या गर्ने स्थिति सृजना समेत भएको छ ।’