२९ आश्विन २०८३, बिहिबार

धरानवासीलाई पानी खुवाउन सफल हर्क सामपाङलाई ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ सम्मान

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, १७ असार । धरान उपमहानगरपालिकाका प्रमुख हर्क सामपाङ (हर्कराज राई) लाई ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ सम्मान प्राप्त भएको छ ।

खानेपानीको अभावले काकाकुल बनेका धरानवासीलाई छोरो समयमै पार्टी खुवाउन सफल सामपाङको कामको उच्च कदर गर्दै ‘वर्ल्ड बुक अफ रेकर्ड्स–लण्डन’ले सम्मान प्रदान गरेको हो ।

आफ्नो प्रयासमा श्रमसंस्कृतिको प्रवर्द्धन गरी देश–विदेशबाट वाहवाही पाएसँगै उनलाई सो सम्मान गरिएको ‘वर्ल्ड बुक अफ रेकर्ड्स–लण्डन’ का नेपाल प्रमुख सागर कटुवालले जानकारी दिए । उनका अनुसार श्रम संस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करिब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा उनलाई सम्मान व्यक्त गरिएको हो ।

गत शुक्रबार धरान उप–महानगरपालिकाको सभाकक्षमा आयोजित समारोहमा ‘वर्ल्ड बुक अफ रेकर्ड्स–लण्डन’ नेपाल प्रमुख कटुवालका साथै नेपाल मानव धर्म सेवा समितिका प्रमुख महात्मा चमेली बाइजी, गायक निर्णय श्रेष्ठ, सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले सामपाङलाई संयुक्त रुपमा कदरपत्र हस्तान्तरण गरेका थिए ।