३० आश्विन २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS: भ्रष्टाचारविरूद्वको अनुसन्धानलाई थप तीव्र बनाउने प्रधानमन्त्रीको प्रतिवद्वता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताएका छन्।

शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरूद्वको अभियानले थप तीव्रता पाउने बताएका हुन्। यसअघि बजेट पास होला कि नहोला भन्ने आशंका रहेकामा बजेट पास भइसकेपछि आशंका अन्त्य भएको र अब सरकार काममा ढुक्कले लाग्न सक्ने बताएका हुन् ।

‘यसपटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौँ। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ। विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ,’ प्रधानमन्त्रीले भने ।

हेरौँ शनिबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–