२९ आश्विन २०८३, बिहिबार

काठमाडौंबाट धनगढी पुगिसकेको श्री एयरको जहाज किन फर्काइयो काठमाडौं ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि पुन: काठमाडौं फर्काइएको छ ।

शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको विमान धनगढी पुगिसकेपछि पुन: काठमाडौं  फर्काइएको हो ।

जहाजको हाइड्रोलिक फेल भएर धनगढीमा अवतरण गर्न नसक्ने भएपछि पुन: काठमाडौं नै फकाईएको हो । काठमाडौंमा अवतरणपछि पनि जहाज ट्याक्सी वेमा अड्किएको थियो। जहाजलाई तानेर पार्किङ वे मा पुर्‍याइएको थियो ।

जहाजका यात्रुलाई अर्को जहाजबाट धनगढी पठाइएको छ ।