२९ आश्विन २०८३, बिहिबार

कांग्रेस सत्ताका लागि जे पनि गर्छ भन्ने छाप जनतामा परेको छ : गगन थापा (भिडिओ)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगन थापाले पार्टीको नीति अधिवेशनबाट चूनावी गठबन्धनका विषयमा स्पष्ट पार्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई आज शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले कांग्रेस सत्ताका लागि जे पनि गर्ने भनेर जनतामा छाप परेको भन्दै यसलाई परिवर्तन गर्नका लागि नीति अधिवेशनबाट चुनावी गठबन्धनका विषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

चुनावपछिको गठबन्धन स्वाभाविक भए पनि चुनावअघिको गठबन्धनका कारण कांग्रेस कमजोर बन्दै गएको धारणा महामन्त्री थापाको छ ।

थापाले स्थानीयलगायत सवै निर्वाचन हुनुभन्दा छ महिनाअघि नै सम्बन्धित भेला बोलाएर आफ्नो उम्मेदवार छान्ने अधिकार विधानमा नै उल्लेख गर्नुपर्ने बताए । पार्टीको मुख्य कुरा नेतृत्व भएको भन्दै नेतृत्वले सही निर्णय लिन नसक्दा त्यसको असर समग्र रुपमा पार्टीमा पर्ने जिकिर उनले गरेका छन् ।

महामन्त्री थापाले कांग्रेस बदल्न प्रत्येक सदस्य बदलिन तयार हुनुपर्ने भन्दै आफू बदलिएर देश बदल्ने अभियानमा जुट्न आह्वान गरेका छन् ।

हेरौँ भिडिओ–