
काठमाडौं, १६ असार । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसद र संसद्को भूमिकालाई जनतासमक्ष पुर्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।
आज शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनको उद्घाटन गर्दै सभामुख घिमिरेले जनप्रतिनिधिका विषय जस्ताको तस्तै जनतामा पुर्याउने काम महत्वपूर्ण हुने बताएका हुन् ।
उनले सञ्चारमाध्यमसँग आगामी दिनमा पनि सहकार्य जारी रहने स्पष्ट पारेका छन् । संसदलाई गरिमामय बनाउनका लागि पनि सञ्चारमाध्यमले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रमा उपसभामुख इन्दिरा रानामगरले पत्रकार राज्यको ऐना भएको हुनाले संसद्का सही सूचना बाहिर ल्याउन संसदीय पत्रकारको भूमिका उल्लेखनीय रहेको बताइन् ।
हेर्नुहोस् सभामुख घिमिरेको अभिव्यक्ति–













प्रतिक्रिया