सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : बीसौँ धान दिवस मनाइयो, संघ र प्रदेशको सत्तामा एमाले नील

दैनिक नेपाल २०८० असार १५ गते २३:३५

काठमाडौं, १५ असार । आज देशभर असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइएको छ ।

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर असार १५ र धान दिवस मनाइएको हो ।

यस्तै, आज एमाले नेतृत्वको बाँकी एक मात्र कोशी प्रदेशको सरकार पनि एक मत अभावका कारण ढलेको छ । कोशी प्रदेशको सरकार गुमाएसँगै एमाले संघ र प्रदेशको सत्तामा नील बनेको छ ।

अब एमालेसँग संघ र प्रदेश व्यवस्थापिकाको नेतृत्वमा मात्रै बाँकी छ ।

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे छन् भने कोशीमा उपसभामुख सिर्जना दुनुवार, मधेशमा सभामुख रामचन्द्र मण्डल, बागमतीमा उपसभामुख अप्सरा चापागाइँ, गण्डकीको उपसभामुखमा बिनाकुमारी थापा, कर्णालीमा सभामुख नन्दा गुरुङ र सुदूरपश्चिमको उपसभामुखमा कोइलीदेवी चौधरी छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य सूमाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित