२९ आश्विन २०८३, बिहिबार

जीडब्ल्यूएमका गाडी किन्न नबिल बैंकले ८०% सम्म कर्जा दिने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । जी.डब्लू.एम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रा.लि.ले नबिल बैंक लिमिटेडसँग इन्टरनल कम्बसन इन्जिन (आईसीई) सवारीसाधनहरू (हाभल जोलायन, हाभलएच–६, पावर र विद्युतीय गाडी ओरा ०३ ) को फाइनान्सिङ सुविधाको लागि सम्झौता गरेको छ ।

भीजी इम्पेक्स जी.डब्लु. एम नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्ट र नबिल बैंक लिमिटेडको हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रअनुसार ग्राहकहरूले नबिल बैंकमार्फत कुनैपनि जी.डब्लू.एमका गाडी खरीद गर्दा फाईनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । जसमा बैंकले १२.९० प्रतिशत ब्याजदरमा आईसीई मोडललाई ५० प्रतिशतसम्म र ईभीको लागि ८० प्रतिशत अटो कर्जा उपलब्ध गराउने भएको हो । ऋणको अवधि भने ७ वर्षको हुनेछ ।

दुई पक्षबीच भएको सम्झौताले ठूलो संख्यामा अटोमोबाइल प्रेमीहरूले जि.डब्लू. एम नेपालबाट नै आफूलाई मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।

नेपालको सबैभन्दा ठूलो बैंकमध्ये एकसँगको यो सम्झौताले जीडब्ल्यूएमको स्वामित्वलाई सबैका लागि अझ सुलभ बनाउने विश्वास कम्पनीले गरेको छ।