२९ आश्विन २०८३, बिहिबार

छेन्दुबाट पोखरा र भैरहवामा नियमित उडान गर्न गृहमन्त्री श्रेष्ठको आग्रह

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीन, १५ असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाइ उडानको सङ्ख्या वृद्धि गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गरेका छन् ।

सिचुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग आज भएको भेटमा उनले छेन्दुबाट काठमाडौंमा उडान सङ्ख्या बढाउन तथा पोखरा र भैरहवा विमानस्थलमा नियमित उडान गर्न आग्रह गरेका हुन् ।

सम्पर्क सञ्जालको बढोत्तरीसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने गृहमन्त्री श्रेष्ठको भनाइ छ । नेपाल र चीनबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध निकै प्रगाढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई अझ मबजुद बनाउन हवाइ सम्पर्क सञ्जालको निकै महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

सो क्रममा एयरलाइन्सका अध्यक्ष चुइले एयरलाइन्सको बजार विस्तार गर्न आफूहरु तयार रहेको बताएका छन् ।