२९ आश्विन २०८३, बिहिबार

एउटै जहाज चढेका केपी ओली र रवि लामिछानेबीच के भयो कुराकानी ? (भिडिओ)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एउटै जहाज चढेर चितवन पुगेका छन् ।

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन उनीहरू दुबैजना बुद्ध एयरको जहाजमार्फत चितवन पुगेका हुन् ।

एउटै जहाजमा सवार उनीहरूबीच चितव विमानस्थलमा जहाज अवतरण भइसकेपछि मात्रै संक्षिप्त कुराकानी भयो । विमानबाट ओर्लिएर गाडी चढ्न लागेका एमाले अध्यक्ष ओलीसँग भएको सो कुराकानीमा सभापति लामिछानेले केरा र माछा आयातमा रोक लगाउनुपर्ने बताएका छन् ।

जवाफमा ओलीले ‘हुन्छ’ भन्ने जवाफ फर्काए । सँगै रहेकी ओली पत्नी राधिकाले पनि रविको कुरामा सही थाप्दै अण्डा आयातमा पनि रोक लगाउनु पर्ने प्रस्ताव गरिन् ।

जवाफमा रविले भने, ‘पहिले माछा र केरामा प्रतिबन्ध लगाउँ विस्तारै अन्य वस्तुमा पनि लगाउँदै जाने हो ।’ अन्तिममा उनीहरूबीच म यताबाट जान्छु, तपाइँ यताबाट…? भनेर सम्वाद टुङ्गिएको छ ।

आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्नका लागि माछा र केराको आयातमा रोक्नुपर्ने तर्क रवि लामिछानेको छ ।

हेर्नुहोस् भिडिओ–