२९ आश्विन २०८३, बिहिबार

भ्रष्टाचारीलाई कारबाही गर्ने मिशनबाट सरकार पछि हट्दैन : कानुनमन्त्री गुरुङ (भिडिओ)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । नेपाली कांग्रेसका उपसभापति एवम् सरकारका कानुनमन्त्री धनराज गुरुङले भ्रष्टाचारीलाई कारबाही गर्ने मिशनबाट सरकार पछि नहट्ने स्पष्ट पारेका छन् ।

नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको प्रशिक्षण कार्यक्रमलाई आज शुक्रबार पार्टी कार्यालय सानेपामा सम्बोधन गर्दै उनले सरकार रहुञ्जेलसम्म भ्रष्टाचारका फाइल खोल्न नछाडिने बताएका हुन् ।

देशलाई भ्रष्टाचारको भुमरीबाट बाहिर निकाल्ने मिशनबाट सरकार पछि नहट्ने र एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्दै जाने उनको भनाए छ ।

यस्तै, उनले गठबन्धन सरकार ढल्ने हल्लाले सरकारलाई कुनै हालतमा कमजोर नबनाउने जिकिर गरेका छन् ।

हेर्नुहोस् भिडिओ–