२९ आश्विन २०८३, बिहिबार

कांग्रेसले सदैव समावेशिताको मुद्दालाई उठाउँदै आएको छ : शेरबहादुर देउवा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यका हरेक निकायमा आदिवासी जनजातीको सहभागिता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्ने बताएका छन् ।

नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको प्रशिक्षण कार्यक्रमलाई आज शुक्रबार पार्टी कार्यालय सानेपामा उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसले सदैव समावेशीताको मुद्धालाई जोडदार रुपमा उठाउँदै आएको भन्दै हरेक निकायमा आदिवासी जनजातीको सहभागिता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्ने बताएका हुन् ।

उनले आदिवासी जातजातीको भाषा, संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने र यस क्षेत्रमा पर्यटन बढाउन सकिने धारणा व्यक्त गरेका छन् ।