२९ आश्विन २०८३, बिहिबार

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाएनन् विश्वास मत

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन असफल भएका छन् ।

उनले विश्वासको मत नपाएसँगै नेकपा एमाले नेतृत्वको एकमात्र कोशी प्रदेश सरकार पनि अन्तत: ढलेको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा कार्कीको पक्षमा जम्मा ४६ मत मात्रै खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले उनलाई मत दिए । तर, एक मतको अभावमा उनको सरकार ढल्न पुग्यो । कार्कीको विपक्षमा ४३ मत खसेको छ ।

कार्कीले विश्वासको मत नपाएपछि अब कोशी प्रदेश प्रमुखको आह्वानमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । कार्की पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।