२९ आश्विन २०८३, बिहिबार

ई–सेवा मनी ट्रान्सफरको रेमिटयान्स सेवा कुवेतको अल मुजैनी एक्सचेञ्जबाट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको ई–सेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मियालगायत शहरमा रहेका ११८ ओटा शाखाहरूबाट ई–सेवा मनी ट्रान्सफरको सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा तथा पाउने व्यक्तिको ई–सेवा वालेट्मा तुरुन्तै पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।

साथै, नेपालभरि रहेका ई–सेवा मनी ट्रान्सफरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा ई–सेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरू साथै ई–सेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ र पठाएको नगद सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

अल मुजैनी एक्सचेन्ज कुवेतको अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो । हाल यस कम्पनीका कुवेतमा ११८ वटा शाखा सञ्चालनमा रहेका छन् । जसले आफ्ना मूल्यवान ग्राहकहरूलाई सबैभन्दा भरपर्दो, सस्तो र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएका छन् ।