३० आश्विन २०८३, शुक्रबार

संरचनात्मक परिवर्तन भए पनि समाज रुपान्तरणको क्रान्ति अझै बाँकी छ : विद्या भण्डारी (भिडिओ)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको अभिभारा पूरा गर्न धेरै लामो यात्रा तय गर्न बाँकी रहेको बताएकी छिन् ।

‘जननेता’ मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भण्डारीले राजनीतिक रुपमा केही संरचनात्मक परिवर्तन भए पनि क्रान्ति सम्पन्न हुन बाँकी रहेको र समाज रुपान्तरणको अभिभारा पूरा गर्न पनि धेरै लामो यात्रा तय गर्न बाँकी रहेको बताएकी हुन् ।

उनले जनताको बीचमा गएर परिवर्तनलाई सुधार गर्दै मुलुकलाई समृद्ध बनाउन सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिएकी छिन् ।

कार्यक्रममा मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई र मदन भण्डारी राष्ट्रिय पुरस्कार सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–४ फाप्लु निवासी डा मिङमार ग्याल्जेन शेर्पालाई प्रदान गरिएको छ ।

पुरस्कारमा जनही रू. एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।