
विराटनगर, १४ असार । कोशी प्रदेश सरकारको सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने भएको छ ।
वर्तमान सरकारलाई आफूहरूले विश्वासको मत दिने र यो सरकार पाँच वर्ष नै टिक्ने राप्रपा कोशी प्रदेशका संसदीय दलका नेता भक्ति सिटौलाले बताए ।
राप्रपाको समते समर्थनमा गठबन भएको सरकार टिकाउनु आफूहरूको मुख्य लक्ष्य र कर्तव्य भएको बताउँदै उनले सरकार टिकाउन हरप्रयास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कोशी प्रदेश सरकारका कृषि उद्योग सहकारी तथा पूर्वाधार मन्त्री समेत रहेका सीटौलाले मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाको बैठकमा विश्वासको मत पाउने विश्वास समेत व्यक्त गरेका छन् ।
कोशी प्रदेश सरकारमा रहेको जसपाले जेठ १९ गते र माओवादी जेठ २३ गते सरकारलाई दिएको समर्थ फिर्ता लिएको थियो । त्यसै कारण मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।
यस्तो छ अङ्कगणित
कोशी प्रदेश सभा ९३ सीटको छ । विश्वासको मत लिन ४७ सीट आवश्यक पर्दछ । सत्ता साझेदार राप्रपासँग ६ र एमालेसँग ४० गरेर ४६ सीट रहेको छ ।
कोशी प्रदेश सभामा नेपाली काँग्रेसको २९, माओवादीको सभामुखसहित १३ एकीकृत समाजवादीको ४ र जसपाको १ सीट रहेको छ ।
कोशी प्रदेश सभाले विश्वासको मत लिने प्रयोजनका लागि आज १ बजे प्रदेश सभा बोलाइएको छ ।













प्रतिक्रिया