२९ आश्विन २०८३, बिहिबार

साउदी अरबमा गोली चल्दा एक नेपालीको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा एक जना नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ ।

जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर बन्दुक बोकेका अर्का एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।

साउदी अरबस्थित अमेरिकी अधिकारीहरूका अनुसार बन्दुक बोकेका ती व्यक्ति कारमा आएका थिए । अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ ।

बीबीसीका अनुसार घटनाबारे साउदी अरेबियाका निकायहरूले अनुसन्धान सुरु गरेका छन् ।