
काठमाडौं, १३ असार । कराते खेलाडी सुमन तिमल्सिना युएस ओपन आईएसकेए वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन मंगलबार अमेरिकाको फ्लोरिडा प्रस्थान गरेका छन् ।
इन्टरनेशनल स्पोर्ट्स कराते एसोसिएसन आईएसकेए, युएसएको आयोजनामा यही असार १४ देखि १६ गतेसम्म हुने उक्त प्रतियोगितामा सुमनले सिनियर पुरुष एकल कातामा चुनौती प्रस्तुत गर्नेछन् ।
सुमनले बङ्गलादेशमा भएको तेस्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलङ्कामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौँ एसियाली गोजुरियो करातेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कास्य, जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्ण र टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स ई–कातामा स्वर्ण जितेका थिए ।















प्रतिक्रिया