२९ आश्विन २०८३, बिहिबार

वर्तमान सरकार र गठबन्धनबारे के भन्छन् कांग्रेस नेता विमलेन्द्र निधि ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष चल्ने दाबी गरेका छन् ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको समाज सेवा र शान्ति विषयक विचार गोष्ठीमा निधिले मुलुकको प्रणालीलाई सफल कार्यान्वयन गर्नका लागि पनि वर्तमान गठबन्धन पाँच बर्ष नै चल्ने भन्दै कुनै भ्रममा नपर्न आश्वस्त पारेका हुन् ।

उनले कुनै हालतमा गठबन्धन नटुट्ने समेत स्पष्ट पारेका छन् । निधिले पाँच वर्ष सँगै हिडे पनि ८४ को निर्वाचनमा भने कांग्रेस एक्लै लड्नुपर्ने र त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताए । विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागतका गर्नका लागि सबैले ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ छ । उपलब्धिलाई संस्थागत गर्न नसके गठबन्धन, समाजवादी मोर्चा लगायत सबै निरर्थक रहने उनले बताए ।

निधिले उमेरको बहस गर्नुभन्दा पनि विचारको बहस गर्दै पार्टीलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्न सुझाव दिए ।