३ कार्तिक २०८३, मंगलबार

कोशी प्रदेशका मन्त्रीविरुद्ध अदालतमा मुद्दा दर्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दर्ता भएको छ ।

उनीविरूद्व अदालतको अवहेलना मुद्दा दर्ता भएको हो । अधिवक्ता उद्धवचन्द्र घिमिरे र उच्च अदालत विराटनगरका रजिस्टार जितेन्द्रबाबु थपलियाले अवहेलना मुद्दा दर्ता गरेका हुन् ।

मन्त्री राजभण्डारीले एक कार्यक्रममा अदालतका न्यायाधीसले पैसा दिएर फैसला गर्ने गरेको भन्दै अभिव्यक्ति दिएका थिए ।

मन्त्री राजभण्डारीविरूद्व एक वर्ष कैद र दश हजार जरिवानाको माग दाबी गरिएको छ ।