२९ आश्विन २०८३, बिहिबार

जलहरी प्रकरणको छानविन गर्न राष्ट्रपतिको नेतृत्वमा समिति बनाऔँ : योगेश भट्टराई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईले पशुपति मन्दिरको जलहरी प्रकरणमा संसदीय छानविन समिति बनाए राष्ट्रपतिलाई छानविन समितिको संयोजक बनाउनुपर्ने बताएका छन् ।

मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले पशुपति मन्दिरको जलहरीमा पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीलाई मुछ्ने काम भएकाले वर्तमान राष्ट्रपति संयोजक र प्रधानमन्त्री र संस्कृति पर्यटन मन्त्रीलाई सदस्य बनाएर तीन सदस्यीय छानविन समिति बनाउनुपर्ने बताएका हुन् ।

यस विषयमा संसदीय छानविन समिति गठन गर्न एमाले तयार रहेको भन्दै उहाले समितिमा सांसदहरु नभएर संसदको अभिन्न अंगको रुपमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीलाई सहभागी गराउनुपर्ने जिकिर गरे ।

त्यस्तै, भट्टराईले सरकारी तवरबाट निर्माण हुने कामहरुमा पहलकदमी लिने र शिलान्याश गर्नेको नाम राख्ने गरिएको भन्दै जलहरी बनाउँदा पनि ताम्रपत्रमा पूर्वराष्ट्रपति र प्रधानमन्त्रीको नाम राख्नु स्वाभाविक भएको जिकिर गरे । केही विषयमा एमालेलाई नियोजित रुपमा मुछ्ने काम भएको र मुलुकको ध्यान अन्यत्रै मोड्ने काम भएको सचिव भट्टराईको भनाइ छ ।

उनले ललिता निवास प्रकरणमा पनि एमालेलाई बद्नाम गर्न खोजिएको भन्दै कोही पनि एमाले नेताले गढबढी गरेको पुष्टि भए पार्टीले कारबाही गर्ने स्पष्ट पारेका छन् ।