३ कार्तिक २०८३, मंगलबार

संसदबाट बजेट पास गर्न माओवादीले पनि लगायो ‘ह्वीप’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । नेकपा माओवादी केन्द्रले पनि बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास गर्न माओवादीले पनि ह्वीप लगाएको हो । यसअघि आजै काँग्रेसले पनि ह्वीप जारी गरिसकेको छ ।

काँग्रेस, माओवादी केन्द्रभित्रकै सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै आएकामा पार्टीले ह्वीप लगाएका हुन् ।

‘असार १३ गते बुधबार आ।व। २०८० र ०८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ। त्यसैले भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट) को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्वीप)जारी गरिएको व्यहोरा अनुरोध छ,’ माओवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।