
काठमाडौं, १२ असार । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा प्रहरीले पुन: आफ्नो सक्रियता बढाएको छ ।
प्रहरीले मंगलबार मात्रै ६ जनालाई पक्राउ गरेको छ । आजै पछिल्लो पटक प्रहरीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या ६ पुगेको हो ।
प्रहरीले यसअघि भाटभटेनीका मालिक मीनबहादुर गुरूङसहित ५ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेकामा गुरूङसहित डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी रहेका छन्।















प्रतिक्रिया