
काठमाडौं, १२ असार । नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी हटाएर राज्यकोषमा दाखिला गर्नुपर्ने माग गरेकी छिन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा गौतमले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी हटाएर राज्यकोषमा दाखिला गदै पशुपतिनाथको मौलिक स्वरुप कायम गर्नुपर्ने बताएकी हुन् ।
गौतमले पशुपतिनाथ मन्दिरमा अनावश्यक रुपमा सुनको जलहरी राखिएको र जलहरीसम्बन्धी विवादले हिन्दु धर्मावलम्बीको भावनामा चोट पुगेको उल्लेख गरिन् ।
त्यस्तै उनले जलहरीमा १३ जनाको नाम कुदँेको भन्दै आपत्ति जनाइन् ।















प्रतिक्रिया