
काठमाडौं, १२ असार । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेको पुष्टि भएको बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सकारको निर्णयविरूद्व प्रतिनिधिसभा बैठकमा बोल्दै गिरीले नियोजित ढंगले आउने निर्वाचन प्रभावित पार्ने उद्देश्यले निर्वाचन कार्यालय खारेज गर्ने प्रयास भएको बताएका हुन् ।
‘यो सरकार निष्पक्ष निर्वाचनको विपक्षमा छ । नियोजित ढंगले आउने निर्वाचन प्रभावित पार्ने उद्देश्य यसभित्र अन्तरनिहीत छ,’ उनले भने ।















प्रतिक्रिया