
काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयको जवाफ माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै अर्थमन्त्रीले जवाफ दिनुपर्ने र गोलमटोल जवाफ स्वीकार्य नहुने बताए ।
जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्याङ्क कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध खारेज नभए सदन चल्न नसक्ने चेतावनी उनले दिए ।
‘लोकतन्त्रमाथिको हमला स्वीकार्य छैन। सदन चल्न सक्दैन। अर्थमन्त्रीज्यूलाई यस विषयमा स्पष्ट पार्न रुलिङ होस्। हामी सदनलाई गरिमामय ढंगबाट अगाडि बढाउन तयार छौँ,’ उनले भने ।















प्रतिक्रिया