५ कार्तिक २०८३, बिहिबार

निर्वाचन कार्यालय खारेज गर्ने निर्णयविरूद्व एमाले र रास्वपाद्वारा संसद बैठक अवरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय फिर्ता लिन माग गर्दै एमाले र रास्वपाले बैठक अवरूद्ध गरेका हुन् ।

नेकपा एमालेका सां‌सद सूर्य थापाले सरकारको निर्णय सच्चाउनका लागि सभामुखले रूलिङ गर्नुपर्ने माग गरे ।

संसदको सुरूमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको र त्रुटि सच्याउन माग गरे ।