२९ आश्विन २०८३, बिहिबार

शिवम् सिमेन्टका कार्यकारी निर्देशक दुवईमा सम्मानित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारुलाई दुवईमा सम्मान गरिएको छ ।

इन्टरनेशनल अचिभर्स कन्फ्रेन्स (आईएसी) ले आयोजना गरेको ‘आउटस्ट्याण्डिङ इन्टरनेशनल लिडरशीप अचिभर्स अवार्ड–२०२३’बाट उनी सम्मानित भएका हुन् ।

मारु शिवम् सिमेन्टको स्थापना कालदेखिनै निर्देशकको रुपमा कार्यरत छन् । विगत लामो समय देखि निरन्तर व्यावसायिक क्षेत्रमा सक्रिय रुपमा क्रियाशील उनी कुशल नेतृत्वका साथै संस्था सञ्चालनमा अब्बल व्यक्तित्वको रुपमा परिचित छन् ।

आईएसीले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ र यस वर्ष दुवईमा १६औं अवार्ड कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रियस्तरका व्यापारिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्योगहरुको छनोट गरी उद्योगको समग्र क्षेत्रको मूल्याङ्कन, व्यवस्थापन तथा राष्ट्रियस्तरमा पुर्‍याएको उत्कृष्ट योगदानका आधार छनाट गरी अवार्ड दिने गर्दछ ।