५ कार्तिक २०८३, बिहिबार

अनलाइन सट्टेबाजीमा संलग्न एक युवतीसहित चारजना पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । अनलाइन सट्टेबाजीको आरोपमा प्रहरीले चारजनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना युवतीसमेत रहेकी छिन् ।

पक्राउ पर्नेमा बाराको सिमरा–९ का २४ वर्षीय राजा चौधरीसहित सिमरा–८ का २५ वर्षीय विवेक चौधरी, काठमाडौंको ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका–२ की २४ वर्षीया आशा गुरुङ रहेका छन् ।

उनीहरूले अनलाईनमार्फत अनलाइन क्यासिनो खेलाउने गरेको प्रहरीले जानकारी दिएको छ ।