बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

प्रवासी नेपाली मञ्च मलेसियाको अध्यक्षमा दयाराम कुमाल सर्वसम्मत चयन

दैनिक नेपाल २०८० असार ११ गते १९:५५

काठमाडौं, ११ असार । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च मलेसियाको अध्यक्षमा दयाराम कुमाल सर्वसम्मत चयन भएका छन् ।

क्वालालम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटलमा सम्पन्न दोस्रो अधिवेशनले कुमालको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । अधिवेशनको उद्घाटन एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए।

कमिटीको उपाध्यक्ष जीवन देवान गाँउले, उपाध्यक्ष खगेन्द्र श्रेष्ठ, सचिव कृष्ण खड्का, सह–सचिव रविन कार्की, दिनेश खप्तडी चयन भएका छन् । यस्तै, सदस्यहरूमा दिल्ली न्यौपाने, चित्र बहादुर थापा, प्रेम मगर, तोप नारायण भण्डारी, नेत्र खड्का, छविलाल गीरी, मोहन खाती र राधिका क्षेत्री चयन भएका छन् ।

महाधिवेशन उद्घाटन सत्रको अध्यक्षता शेरवहादुर गुरुङले गरेका थिए । कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य महेश बस्नेत, जिफन्टका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठ, केन्द्रीय सदस्य कृष्ण केसीलगायत नेताले शुभकामना दिएका थिए ।

कार्यक्रममा गैरआवसीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापा, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपीन राई, प्रवासी नेपाली जनसम्पर्क मञ्च मलेसियाका अध्यक्ष चोला पंगेनीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा लोकगायक बद्री पंगेनी, पुर्णकला बी।सी।, करिस्मा ढकाल र राजन बर्देवाले सांगितिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित