
रोल्पा, ११ असार । गाईको बाच्छी काटेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा माडी गाउँपालिका–५ मेलपोखरी बस्ने २१ वर्षीय नरेश बिक, २१ वर्षीय मनोज परियार र १८ वर्षीय किशोर छन् ।
नरेश बिकको घरमा गाईको बाच्छी काटी मासु लुकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भावाङबाट खटिएको प्रहरीले गाईको बाच्छीको टाउको, २० केजी मासु, मासु काट्न प्रयोग गरिएको बञ्चरो र खुकुरीसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।













प्रतिक्रिया