२९ आश्विन २०८३, बिहिबार

एमालेको युवा संघले आयोजना गर्ने भ्याली फुटसल च्याम्पियनशीपको तयारी पूरा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं उपत्यकामा आयोजना गर्न लागेको उपत्यकास्तरीय भ्याली फुटसल च्याम्पियनशीप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

युवा संघले आज सोमबार पत्रकार सम्मेलन गरी यही असार १४ गतेदेखि सुरू हुने प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगिताको विजेता टीमले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउने छन् । उत्कृष्ट एक जना खेलाडी र उत्कृष्ट गोल रक्षकलाई समान १०–१० हजार दिइनेछ ।

प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला स्थित स्थानीय तहका सबै २२४ वडाका १६ देखि २४ उमेर समूहका युवाहरुको विभिन्न फुटसल टीमलाई सहभागिता गराइनेछ ।

उपत्यकाका २१ वटै स्थानीय तहबाट असार १४ गतेदेखि २२ गतेसम्ममा पालिका च्याम्पियनसिपका लागि आ–आफ्नो पालिकामा वडास्तरीय च्याम्पियनसिप खेलाइनेछ र पालिका च्याम्पियनहरुका बीचमा असार २३ गते भव्य समारोहबीच फाइनल खेल हुने युवा संघले जनाएको छ ।

फुटसल आयोजना गर्नुको मुख्य उद्देश्य नेपालमा फुटसल खेलको व्यावसायिक प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्नु रहेको बताइएको छ ।