२९ आश्विन २०८३, बिहिबार

लोहन्द्र खोलाको बगरमा महिला बलात्कृत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ११ असार । मोरङको लोहन्द्र खोलाको बगरमा एक जना महिला बलात्कृत भएकी छिन् ।

३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बेलबारी नगरपालिका–१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ती किशोरले बेलबारी नगरपालिका–१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई बलात्कार गरेका हुन् ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।