
उदयपुर, १० असार । उदयपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिकालाई बलात्कार गरेको अभियोगमा उदयपुरगढी गाउँपलिका–८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान मोक्तान (तामाङ)लाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
टेकमानले ती बालिकालाई बुधबार दिउँसो सोही ठाउँ गडेरेस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।













प्रतिक्रिया