२९ आश्विन २०८३, बिहिबार

अहिलेको सरकार एमालेले ढाल्न पर्दैन आफैं ढल्छ : रघुजी पन्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् संघीय सांसद रघुजी पन्तले वर्तमान सरकार आफैं ढल्ने बताएका छन् ।

आज आइतबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नीति कार्यक्रम र बजेट फेल भए सरकार फेल हुने र ढल्ने अहिलेसम्मको संसदीय मान्यता अनुसार सरकार आफैं ढल्ने बताएका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेट फेल हुने अवस्थामा रहेको सङ्केत उनको छ ।

बजेट फेल भए सरकार आफैं ढल्ने र सरकार ढाल्न एमालेले कुनै कसरत गर्न नपर्ने उनको भनाइ थियो । सत्तारुढ दलहरूभित्र असन्तुष्टि बढ्दै गएका कारण पनि अहिलेको सरकार धेरै नटिक्ने उनले बताए ।

सरकारको अहिलेको कामकारबाहीसँग जनता सन्तुष्ट नभएकाले नेकपा एमाले र नेपाली कांग्रेसको प्रभावकारी सरकार बनोस् भन्ने जनताको चाहना रहेको उनले बताए । तर, एमाले सरकार बनाउन नहतारिने तर मौका आए नछोड्ने नेता पन्तको भनाए छ ।