२९ आश्विन २०८३, बिहिबार

अनेम संघ कैलालीको अध्यक्षमा झुमा चौधरी चयन, पदाधिकारी र सदस्यहरू को–को ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । अखिल नेपाल महिला संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कैलालीकी झुमा चौधरी सर्वसम्मत चयन भएकी छिन् ।

कैलालीको धनगढीमा भएको प्रथम सम्मेलनले चौधरीको अध्यक्षतामा ६६ सदस्यीय कमिटी चयन गरेको हो ।

उपाध्यक्षमा बैतडीकी बिना भट्ट र डोटीकी मिना देवी ओली, सचिवमा कञ्चनपुरकी खिमा चन्द, सहसचिवमा बझाङकी बुनी थापा मगर र कोषाध्यक्षमा कैलालीकी लक्ष्मीकुमारी शाहीलाई चयन गरिएको छ ।

प्रथम सम्मेलनले निर्विरोध रुपमा प्रदेश कमिटी चयन गरेको हो । अनेमा संघ सुदूरपश्चिम प्रदेश इन्चार्ज आसा कुमारी विकको अध्यक्षतामा ७ गते प्रथम सम्मेलन धनगढीमा सुरु भएको थियो ।

अनेम संघकी केन्द्रीय अध्यक्ष टुका हमालको कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा,प्रदेश अध्यक्ष दामोदर भण्डारी, केन्द्रीय सदस्य झपट रावल, अनेमसंघ केन्द्रीय सदस्य तथा पार्टीका बिभिन्न अयोग प्रदेशका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो ।