२९ आश्विन २०८३, बिहिबार

आईसीसी विश्वकप छनोट : नेपालले नेदरल्याण्ड्सलाई दियो १६८ रनको फितलो लक्ष्य

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको फितलो लक्ष्य दिएको छ ।

टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको नेपाल ४४ दशमलब ३ ओभरमा १६७ रन बनाउँदै अलआउट भयो ।

नेपालका कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३३ रनको योगदान दिए । अन्तिम विकेटको रुपमा आउट भएका सन्दीपले ३३ बलमा ४ चौकासहित २७ रन बनाए ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।