३ कार्तिक २०८३, मंगलबार

भैरहवाका मिटरब्याजी बानियाँको घर विप्लव नेकपाको कब्जामा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । भैरहवाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मिलनचोकका मिटरब्याजी रमानन्द बानियाँको घर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कब्जा गरेको छ ।

मिटरब्याजी पीडितहरूको आग्रहमा स्थानीय सहितको उपस्थितिमा नेकपाले घर कब्जा गरेको हो । नेकपाले प्रदर्शन सहित बानियाँको घर पुगेर कब्जासहित बिरोधसभा समेत आयोजना गरेको थियो ।

मिटरब्याजी बानियाँले रुपन्देहीका झण्डै डेढ सय भन्दा बढी किसानहरुलाई न्यूनतम ७५ हजार देखि १० लाखसम्म ऋण दिएर कपाली तमसुक,दृष्टीबन्दक जस्ता क्रियाकलाप गरेर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको पीडितहरूले बताएका छन् ।

बानियाँले झण्डै ७६ जना किसानहरुलाई ऋण दिदा ५० प्रतिशत बढी ब्याज समेत लगाएको पाइएको छ ।