२९ आश्विन २०८३, बिहिबार

वर्तमान सरकारको दिनगन्ती सुरू भइसक्यो : महेश बर्तौला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । नेकपा एमालेका सचेतक महेश वर्तौलाले पछिल्लो घटनाक्रममा आधारमा वर्तमान सरकारको दिनगन्ती सुरू भइसकेको बताएका छन् ।

आज शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको नेतृत्व गरिरहेको पार्टीले मोर्चाका नाममा अर्को गुट बनाउने कामले जनतामा असर पर्ने र यही कदमबाट सरकारको दिनगन्ती सुरू भएको बताएका हुन् ।

उनले निर्वाचनमा जनताले दिएको म्याण्डेडका आधारमा सत्ता समीकरण बनाउन ठूला दलहरूले समझदारी गरे दीगो सरकार बन्न सक्ने धारणा व्यक्त गरेका छन् ।

बर्तौलाले कांग्रेससँग छलफल गरेर तत्काल सरकार परिवर्तन गर्ने योजनामा एमाले नरहे पनि घटनाक्रम हेर्दा वर्तमान सरकार लामो समय टिक्ने सङ्केत नदेखिएको बताए ।

यसैक्रममा, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेको सत्ता गठबन्धन परिवर्तन हुने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । कांग्रेस र एमालेबीच तत्काल सत्ताको साझेदारी गर्ने तहको धरातल विकास नभएको उनको भनाइ छ ।